काठमाडौँ ।
ट्राफिक प्रहरी कार्यालयले कास्कीले सवारी साधनमा लेखिएको अश्लील, अपाच्य, गाली, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने खालका साहित्यिक सायरी, कविता, गजल तथा विभिन्न भनाइ र लेखहरूलाई हटाउन थालेको छ ।
सवारीका विभिन्न भागमा लेखिएका त्यस्ता सामग्रीले चालकको ध्यान मोडिन गई दुर्घटना निम्त्याएको पाइएपछि ट्राफिक प्रहरीले उक्त अभियान थालेको जनाएको छ ।
नेपालको कानूनविपरीत महिला, बालबालिका, सीमान्तकृत समुदायलाई अपमान र अवहेलना गर्ने गरी कुनै पनि लेख रचना, कविता, सायरी वा कुनै पनि प्रकारका सामग्री प्रचारप्रसार गर्न वा लेख्न नपाइने भएकाले यसलाई अभियानकै रूपमा सञ्चालनमा ल्याइएको कास्कीका ट्राफिक प्रहरी प्रमुख प्रकाश शाहले जानकारी दिए ।
अश्लील लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिकरूपमा खलल पुर्याउने, हिंसा र विकृति बढाउने र सडक सभ्यतामा पनि आँच पु¥याउने भएकाले त्यस्ता गतिविधि रोक्नतर्फ ट्राफिक प्रहरी लागिपरेको हो । सवारीको सिसामा स्टिकर वा अन्य कुनै प्रचार सामग्री नटाँस्न पनि ट्राफिक प्रहरीले चालकहरूलाई सुसूचित गरेको शाहले जानकारी दिए ।
यातायताका साधनको स्वारुप परिर्वतन गर्न पाइदैन । स्वारुप परिवर्तन गरेमा यातायात व्यवस्था कार्यालयले कारवाही गर्न सक्ने व्यवस्था रहेको छ । सोही कानून अन्र्तगत प्रहरीले अभियान चलाएको हो ।












