गण्डकी प्रदेश प्रहरी प्रमुख जोशीले पदभार ग्रहण गरे

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक रामदत्त जोशीले बिहिबार पदभार ग्रहण गरेका छन् । प्रदेश प्रहरी कर्यालय पार्दीमा जोशीले पदभार ग्रहण गरेका हुन् । नेपाल सरकार गृहमन्त्रालय असार १९ गतेको निर्णाले जोशीलाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिएको थियो ।

प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक बिनोद शर्माले प्रमुख प्रहरी नायव महानिरीक्षक जोशीलाई स्वागत गदै शान्ति सु–व्यवस्थाका विषयमा संक्षिप्त जानकारी समेत गराएका थिए । स्वागत कार्यक्रम पश्चात जोशीले गण्डकी प्रदेश प्रहरी कार्यालयमा रहेका विभिन्न शाखाहरु निरीक्षण गरी उक्त शाखाहरुबाट सम्पादन हुने कार्यहरुको जानकारी समेत लिएका थिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्मा, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र, पोखराका समादेशक दिल्लीराज पन्त लगायत पोखरा उपत्यका स्थित प्रहरी कार्यालयहरुका सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

  • २३ असार २०७९, बिहीबार १७:२९ प्रकाशित