पोखरा।
नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तय गरेको विदेशी मुद्रादरअनुसार यूरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १३० रुपैयाँ ४५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ०७ पैसा रहेको छ ।
हिजो युरो एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३३ पैसा रहेको थियो। आज एक डलरको खरिददर १२६ रुपैयाँ ७० पैसा र बिक्रीदर १२७ रुपैयाँ ३० पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ३३ पैसा र बिक्री दर १५३ रुपैयाँ ०५ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ११ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५२ पैसा रहेको छ ।
यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ३२ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ९२ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६९ पैसा र बिक्री दर ३४ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।