आज डलर, यूरो, पाउण्ड, रियाल लगायतको मूल्य कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा।

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको खरिददर १२६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १२६ रुपैयाँ ६६ पैसा रहेको छ ।

युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७० पैसा र बिक्रीदर ८७ रुपैयाँ १२ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ५४ पैसा र बिक्रीदर ९०रुपैयाँ ९८ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २९ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ६० पैसा र बिक्रीदर ३३ रुपैयाँ ७६ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • १७ असार २०७९, शुक्रबार १०:२७ प्रकाशित