डलरको भाउ हालसम्मकै उच्च : नेपाली रुपैयाँ इतिहासमै कमजोर (अन्य देशको मुद्रारसहित)

केन्द्रभाग मिडिया

पोखरा।
डलरको भाउ हालसम्मकै उच्च भएको छ । डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँ भने इतिहासमै कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि तोकेको डलरको बिक्री दर अनुसार एक डलरको बिक्रदर १२५ रुपैयाँ ७४ पैसा र खरिददर १२६ रुपैयाँ ३४ पैसा रहेको छ ।

पछिल्लो साता हालसम्मकै उच्च डलरको बिक्री दर १२५ रुपैयाँ ६६ पैसा थियो । तर झण्डै एक साता केही पैसाले घटेर स्थिर रहेको डलरको मूल्य बुधबार भने पुनः बढेर नयाँ कीर्तिमानीमा पुगेको छ ।

युरो एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७१ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ १२ पैसा र बिक्री दर १५४ रुपैयाँ ८५ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ७१ पैसा र बिक्रीदर ९१ रुपैयाँ १५ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४० पैसा र बिक्री दर ३४ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • १५ असार २०७९, बुधबार ०९:०३ प्रकाशित