आज पनि घट्यो नेप्से : ३० लाख कित्ता सेयर किनबेच

केन्द्रभाग मिडिया

stock

काठमाडौं ।

लगातार दोस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)घटेको छ । आज नेप्सेमा ११.८२ अंकको गिरावट आएको छ । कारोबार सुरू भएदेखि नै घट्न थालेको नेप्से परिसूचक दोहोरो अंकले घटेर १९ सय २१ अंकमा आएर बन्द भएको हो ।

यसक्रममा नेप्सेमा ३० लाख कित्ता सेयर किनबेच भएर १ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, आज सेन्सेटिभ समूहमा ३.२२ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ । यस्तै, फ्लोट सूचकमा ०.७५ अंकले घटेर १३२ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचक घटेपनि आज जीवन बीमा समूह र बैंकिङ समूहमा भने सुधार आएको छ । जीवन बीमा समूह ९६ अंकले बढ्दा बैकिङ समूह ०.२९ अंकले बढेको छ । यसबाहेक, अन्य सबै समूहमा गिरावट आएको देखिएको छ ।

  • १४ असार २०७९, मंगलवार १६:२४ प्रकाशित