साताको पहिलो दिन आज डलर, यूरो,पाउण्ड, रियाललगायतको मूल्य कति छ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले साताको पहिलो दिन आज आइतबारका लागि तय गरेको मुद्रादर अनुसार अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०६ पैसा र बिक्री दर १२५ रुपैयाँ ६६ पैसा रहेको छ।

युरो एकको खरिद दर १३१ रुपैयाँ ७३ पैसा र बिक्री दर १३२ रुपैयाँ ३६ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ५८ पैसा र बिक्री दर १५४ रुपैयाँ ३२ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ९० रुपैयाँ ०३ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४९ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २३ पैसा र बिक्री दर ३४ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

  • १२ असार २०७९, आईतवार १०:५४ प्रकाशित