आज डलर, यूरो,पाउण्ड, रियाललगायतको मूल्य कति पुग्यो (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तय गरेको मुद्रादर अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ९९ पैसा र बिक्री दर १२५ रुपैयाँ ५९ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ ११ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ५८ पैसा र बिक्री दर १५३ रुपैयाँ ३१ पैसा रहेको छ। भने एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६० पैसा रहेको छ ।

यस्तै सिंगापुर डलरको खरिददर ८९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९० रुपैयाँ ३४ पैसा रहेको छ। १० जापानी येनको खरिददर ९ रुपैयाँ २४ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २१ पैसा र बिक्री दर ३४ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • १० असार २०७९, शुक्रबार १०:१० प्रकाशित