कांग्रेस संसदीय दलको बैठक आज बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्ने भएको छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने तय भएको हो।

बैठकमा वर्तमान राजनीतिक अवस्था, संसद्‍मा पार्टीको भूमिका र जनसरोकारका समसामयिक विषयहरूमा गहन छलफल हुनेछ। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र आगामी संसदीय रणनीति तय गर्न यो बैठक बोलाइएको हो।

साथै, प्राकृतिक विपद्का घटनाहरू र जनताका तत्कालीन समस्याका विषयमा समेत बैठकमा समीक्षा हुने जनाइएको छ।

  • १५ भाद्र २०८३, सोमबार १०:५२ प्रकाशित