काठमाडौं ।
डक्टरको सिफारिसबिना औषधि बेच्ने फार्मेसी सञ्चालकसहित ४ जना पक्राउ परेका छन् ।
लागूऔषध दुर्व्यसनमा परेका ब्यक्तिहरुलाई चिकित्सकको सिफारिसबिना औषधि बेचबिखन गर्ने धादिङ गंगाजमुना गाउँपालिका-५ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङस्थित गंगाजमुना फार्मेसी सञ्चालन गरी बस्ने ४२ वर्षीय डिल बहादुर कार्की, नुवाकोट ककनी गाउँपालिका-१ स्थायी वतन भएका २२ वर्षीय राज कुमार तामाङ, २२ वर्षीय सानु तामाङ र काठमाडौं तारकेश्वर नगरपालिका-५ गोलढुङ्गा बस्ने २४ वर्षीय संजय पुतुवार पक्राउ परेका हुन् ।
फार्मेसीबाट स्पास्पेन ४ सय ५० ट्याब्लेट, ट्रमा २ सय ४० ट्याब्लेट र ट्रमाडोल ५ सय क्याप्सुल प्रहरीले बरामद गरेको छ ।