लागू औषधविरुद्धको अभियानमा, र्‍यापर लाहुरे

केन्द्रभाग मिडिया

पोखरा  ।
जिल्ला प्रहरी कार्यालय कास्कीले “लागू औषध विरुद्ध सप्ताहव्यापी सचेतना कार्यक्रम” संचालन गर्ने भएको छ । लागू औषधको बढ्दो प्रयोगलाई न्यूनिकरण गर्न जनचेतनामुलक कार्यक्रम गर्न लागिको जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

कार्यक्रमको पहिला दिन असार ६ गते पोखरा सभागृहबाट सचेतनामुलक विभिन्न सांगितिकक कार्यक्रम सहित सुरु हुने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए ।

यस्तै असार ७ गते पुनः स्थापना केन्द्रमा रहेका लागू औषध प्रयोगकर्तसंग अन्तरक्रिया, ८ गते औषधी विक्रेताहरूसँग अन्तरक्रिया, ९ गते विभिन्न स्कूल र कलेजहरूका विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम तय भएको थापाले बताए । यस्तै १० गते संचार माध्यममा विज्ञहरुसंग अन्तरक्रिया, ११ गते समुदायसंग भेटघाट, अन्तरक्रिया र असार १२ गते अन्तराष्ट्रिय लागू औषध दिवसको उपलक्ष्यमा पोखरा उपत्यकामा साइकल र्‍याली गरिने प्रहरीले जानकारी दिएको छ ।

लागू औषध सचेतना कर्यक्रममा र्‍यापर आशिष राना लाहुरे प्रहरीलाई साथ दिएका छन् । लागू औषध मुद्धामा ५६ दिन कास्की प्रहरी हिरासतमा बसेर छुटेका लाहूरे सचेतना अभियानका प्रमुख पात्र बन्ने भएका छन् । युवा माझ लोकप्रिय समेत रहका लाहुरेलाई अभियानमा जोड्दा कार्यक्रम प्रभावकारी हुने भए पछि प्रहरीले लाहुरेलाई अभियानमा जोडेको प्रहरी उपरिक्षक थापाले पत्रकार सम्मेलनमा बताए । लाहुरे पनि अभियान जोडिएर आफ्नो अनुभव सेयर गर्ने बताएका छन् ।

  • ४ असार २०७९, शनिबार ०८:२३ प्रकाशित