काठमाडौं ।
शुक्रबार सेयर बजार परिसूचक नेप्से ७ अंकले घटेको छ ।
पहिलो पटक २ घण्टाका लागि खुलेको शेयर बजार नेप्से ७.५७ अंकले घटेर बजार बन्द भएको छ । १९ सय ७१।३६ अंकमा झरेको हो । ७ अंक माथिले घटेको बजारमा आज कारोबार रकम समेत ७३ करोड ६२ लाख रुपैयाँ बराबरको मात्र भएको छ ।
सरकारले गत जेठ महिनाभर टेस्टिक पिरियडको रुपमा शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक विदा दिएसँगै सेयर बजारको समय समेत फेरिएर सोमबारदेखि शुक्रबार खुल्ला गरिएको थियो ।
तर एक महिना पुरा नहुँदै सरकारले पुनः आइतबारको विदा खारेज गरेसँगै नेप्सेले आइतबार सहित शुक्रबार सातामा ६ दिन नै बजार खुल्ला गर्ने निर्णय गरेको थियो ।