रोल्पा ।
बलात्कार आरोपमा गाउँपालिकाका सदस्य पक्राउ परेका छन् ।
बालिकालाई बलात्कार गरेको आरोपमा रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर–६ का सदस्य ३५ वर्षीया मोहन केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
जेठ ३० मा केसीले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । आरोपीमाथि जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको डिएसपी घिमिरेले जानकारी दिए ।