मर्जरको प्रक्रियामा रहेका पाँचवटा वाणिज्य बैंकको सेयर कारोबार रोक्का भएको छ । मर्जर र प्राप्तिमा जान लागेका नेपाल बंगलादेश बैंक, मेगा बैंक, इन्भेष्टमेन्ट बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार रोक्का भएको हो ।
नबिल बैंकले बंगलादेश बैंकलाई एक्विजिसन गर्ने भएपछि बंगलादेश बैंकको सेयर कारोबार रोक्का भएको भने मर्जरमा जान लागेका मेगा र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार पनि रोक्का भएको छ ।
हिमालन बैंकसँगको मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगालाई मर्जर गर्न लागेको छ ।
यता ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सेयर कारोबार पनि रोक्का भएको छ । दुवै बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भएको हो । असार २ गते दुवै बैंक १ः१ अनुपातमा मर्जरमा जान सम्झौता भएको छ । उक्त सम्झौता भएसँगै बिहीबार देखि नै दुवै बैंकको सेयर कारोबार रोक्का भएको हो । सबै बैंकलाई एकीकृत कारोबार गर्न राष्ट्र बैंकले स्विकृती दिनुपर्ने छ ।