काठमाडौं ।
पुलबाट मिनी ट्रिपर खस्दा चालकको ज्यान गएको छ ।
तनहुँको आबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग१क ४४६९ नम्बरको ट्रिपर बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको हो ।
दुर्घटनामा मिनी ट्रिपरका चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुरस्थित मेडिकल कलेज भरतपुरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।