पोखरा ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तय गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ४८ पैसा र बिक्री दर १२५ रुपैयाँ ०८ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १२९ रुपैयाँ ९३ पैसा र बिक्री दर १३० रुपैयाँ ५६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ २२ पैसा र बिक्री दर १५० रुपैयाँ ९५ पैसा रहेको छ। अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १४ पैसा छ । यस्तै सिंगापुर डलरको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८६ पैसा रहेको छ।
१० जापानी येनको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५७ पैसा छ । साउदी रियालको खरिददर ३३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३४ पैसा छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३४रुपैयाँ १० पैसा र बिक्री दर ३४ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।