आज यूरोको खरिद मूल्य घट्यो : यस्तो छ अन्य देशको मुद्रादर (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्रादर अनुसार आज सोमबार युरोको खरिद मूल्य घटेको छ ।

आज एक यूरोको खरिद दर १३२ रुपैयाँ ८२ पैसा र बिक्रिदर १३३ रुपैयाँ ४६ पैसा रहेको छ । हिजो यूरो १ को खरिददर १३३ रुपैयाँ ११ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको थियो ।

यस्तै अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ९० पैसा र बिक्री दर १२४ रुपैयाँ ५० पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ७३ पैसा र बिक्री दर १५५ रुपैयाँ ४८ पैसा रहेको छ।

अष्ट्रेलियन डलरको बिक्रीदर ८९ रुपैयाँ २९ पैसा र खरिददर ८९ रुपैयाँ ७३ पैसा छ भने सिंगापुर डलरको बिक्रीदर ९० रुपैयाँ ४ पैसा र खरिददर ९० रुपैयाँ ४७ पैसा छ ।

१० जापानी येनको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५१ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६० पैसा र बिक्रीदर १८ रुपैयाँ ६९ पैसा छ । साउदी रियालको बिक्रीदर ३३।०३ रुपैयाँ र खरिददर ३३।१९ रुपैयाँ कायम छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ८१ पैसा र बिक्री दर ३३ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

  • २३ जेष्ठ २०७९, सोमबार ०९:५६ प्रकाशित