काठमाडौं।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असारभित्र मर्जरका लागि प्रकृया थाल्न बाणिज्य बैंकका अध्यक्ष र सञ्चालकलाई निर्देशन दिएका छन्। तोकिएको अवधिभित्र मर्जर अगाडि नबढाए बैंकहरुले पाउँदै आएको सेवा सुविधा खोसिने उनले चेतावनी दिएका छन् ।
अधिकारीले पहिलो मौद्रिक नीतिमा मर्जरलाई प्राथमिकतामा राखेको भन्दै बैंकहरुलाई मर्जर प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् । मौद्रिक नीति जारी भएमा बैंकको सेवा सुविधा कटौति हुने उनले बताए ।
सुविधा कटौती भएमा बैंकहरुले स्प्रेड दर, खराब ऋण, सञ्चालक समिति, प्रमुख कार्यकारीको कुलिङ, शाखा बिस्तारलगायत करिव १० वटा सुविधा पाउने छैनन्।
आगामी मौद्रिक नीतिको तयारी गरिरहेका गभर्नर अधिकारीले मर्जरबाहेक कोभिड कालमा दिइएका सुविधा पनि कटौती गरिने बताएका छन्। उनले बैंकहरु अर्थब्यवस्था नहेरी आफ्नो ढंगले अगाडि बढ्दा समस्या आएको बताए ।