चुनावपछि बैंकमा धमाधम पैसा फर्किन थाल्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय निर्वाचन अघि सुख्खा बनेको बैंकमा चुनाव सकिएसगैँ धमाधम पैसा फर्किन थालेको छ । पैसा आउन थालेसँगै जेठ १ गते यता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियो ।

संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ गतेदेखि १३ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९८ अर्ब लगानी गरेका छन् ।

यस्तो लगानी अघिल्लो हप्ता अर्थात् जेठ १ गतेदेखि ६ गतेसम्ममा ३ अर्ब रुपैयाँले बढाउँदै बैंकहरुले कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

चुनाव अघि निक्षेपकर्ताले बैंकबाट आफुलाई चाहिए जति पैसा निकाल्न पाएका थिएनन् ।

  • १७ जेष्ठ २०७९, मंगलवार १६:११ प्रकाशित