पोखरा वडा २६ मा गठबन्धनका धनराज अगाडि : थापाको मत कति ?

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा वडा नम्बर २६ को मतगणना जारी छ ।

जारी मतगणनामा ४ हजार १०० मत गणना हुदाँ सम्म मेयरमा गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् । आचार्यले ४२७ मतले अग्रता लिएका हुन् ।

अर्का प्रत्यासी एमालेका कृष्ण थापाले १ हजार ३५१ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी कोपिला रानाभाट ५७४ मतले अगाडी छिन् ।

रानाभाटले २ हजार ४१ मत पाउँदा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ४६७ मत पाएकी छिन् ।
भने वडाध्यक्षमा कांग्रेसका उम्मेदवार अगाडि छन् । कांग्रेसले २ हजार २३२ मत पाउँदा एमालेका उम्मेदवारले १ हजार ३४९ मत पाएका छन् ।

  • ४ जेष्ठ २०७९, बुधबार ०९:३२ प्रकाशित