बालेन शाहको जित/हारको पक्षमा दुई युवाले राखे २८ किलोको खसी बाजी

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको जित र हारको पक्षमा खोटाङमा दुई युवाले बाजी राखेका छन् ।

आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्।

बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका हुन्। तर, यसरी बाजी राख्नु गैरकानुनी हो।

 

सुरुवाती अग्रता लिएसँगै काठमाडौं महानगरमा बालेनले चुनाव जित्ने केहीको आकलन छ।तर केहीले भने अग्रता बढाउँदै लगे पनि चुनाव निजित्ने बताइरहेका छन् ।

लौरो चिन्हबाट स्वतन्त्र उम्मेदवारी दिएका बालेनले एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै अग्रता लिइरहेका छन्।बालेनले आइतबार दिउँसो २ बजेसम्म २८२० मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १५०७ मत प्राप्त गरेका छन्।

  • १ जेष्ठ २०७९, आईतवार १४:०४ प्रकाशित