तनहुँमा ११३ वर्षीय बृद्धाले गरिन् मतदान

केन्द्रभाग मिडिया

पोखरा ।
तनहुँमा ११३ वर्षीय बृद्धाले मतदान गरेकी छन् । बरभंज्याङ वडानम्बर–५ को महादेवता प्राविको मतदान स्थलमा ११३ वर्षीय गोपि माया पोख्रेलले मतदान गरेकी हुन् ।

पोखरोल आफै मतदान स्थल पुगेकी थिइन् । भने उनका छोरा चोपकान्त पोख्रेलले मतदानमा सहयोग गरेका थिए ।

मतदान गर्न पाउदा आमाले खुशी व्यक्त गर्नुभएको छोरा तारानाथ पाख्रेलले बताए ।

  • ३० बैशाख २०७९, शुक्रबार २१:१३ प्रकाशित