आगामी निर्वाचनको लागि १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी परेको जानकारी दिएका हुन् ।

आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो ।

  • १५ बैशाख २०७९, बिहीबार १६:३४ प्रकाशित