पोखरामा गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको नाराबाजी

केन्द्रभाग मिडिया

पोखरा।

पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताले प्रर्दशन गरेका छन् । गठबन्धनभित्र भएको भागबन्डामा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले घोषणापत्र सार्वजनिक कार्यक्रममा अवरोध गरेका हुन् ।

बिहीबार दिउँसो २ बजे पोखरा महानगरपालिकाका लागि संयुक्त घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि वडा तहमा भागबन्डा नमिलेको भन्दै कांग्रेस कार्यकर्ताले नाराबाजीसहित अवरोध गरेका हुन् ।

सुरुदेखि नै महानगरको मेयर नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई दिने निर्णयले कांग्रेसका स्थानीय कार्यकर्ता रुष्ट बनेका छन् ।

वडा नम्बर १८, २२ र २४ नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएपछि त्यहाँका कांग्रेस कार्यकर्ता असन्तुष्ट बनेका हुन् । कांग्रेस कार्यकर्ताले कार्यक्रमस्थल माटेपानीस्थित एसआर केसी ब्यांक्वेटको मुख्य गेटमै ताला लगाइदिए पछि २ बजे भनिएको गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रम सुरु हुन सकेको छैन ।

  • १५ बैशाख २०७९, बिहीबार १५:१७ प्रकाशित