मतपत्र छपाइ ८८ प्रतिशत सम्पन्न, २२ जिल्लामा ढुवानी

केन्द्रभाग मिडिया

काठमाडौं ।
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि बुधारसम्म २२ जिल्लामा छपाइ भएका मतपत्र पठाएको छ । आयोगले २२ जिल्लामा ३४ लाख थान मतपत्र पठाएको जनाएको छ ।

बुधबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुुर, बझाङ, कैलाली, दार्चुला र डडेल्धुरामा मतपत्र पठाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । उनका अनुसार प्रदेश १ को ताप्लेजुङ, पाँचथर र इलाममा मतपत्र पठाइएको छ । पठाइएका मतपत्र केहीदिन भित्र सम्बन्धित पालिकामा पुगिसक्ने उनले विश्वास व्यक्त गरे ।

वैशाख १३ गते कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी तेह्र जिल्लामा मतपत्र पठाइएको थियो । आजसम्म १ करोड ८७ लाख ९८८ प्रतिशत० मतपत्र छपाइ कार्य सम्पन्न भएको प्रवक्ता पौडेलले जानकारी दिए । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान आयोगले गरेको छ । आयोगले यसअघि नै निर्वाचन सम्बन्धी अन्य सामग्री ढुवानी गरिसकेको छ ।

  • १४ बैशाख २०७९, बुधबार १८:५१ प्रकाशित