माग धान्न नसकेपछि औद्योगिक ग्राहकका लागि घोषित लोडसेडिङ

केन्द्रभाग मिडिया

काठमाडौं ।
बिजुली अपुग भएपछि सरकारले बुधबारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ गर्ने भएको हो ।

आन्तरिक उत्पादनले माग धान्न नसकेको र बिजुली माग पूर्ति गर्नका लागि नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो ।

प्राधिकरणले औद्योगिक ग्राहकका लागि लोडसेडिङ गरे पनि घरायसी र सामुदायिक ग्राहकका लागि भने लोडसेडिङ हुनेछैन ।

मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठूला उद्योगहरुमा बिजुली कटौती गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

  • १४ बैशाख २०७९, बुधबार १८:४० प्रकाशित