गठबन्धन र एमालेलाई हराएर पोखरामा चमत्कार गर्छाैं : मेयर उम्मेदवार खराल (भिडियोसहित)

केन्द्रभाग मिडिया

राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार शंकर खरालले पोखरामा आफूले चमत्कारिक रुपमा विजय हाँसिल गर्ने दाबी गरेका छन् । केन्द्रखबरसंग बुधबार कुराकानी गर्दै उनले यस्तो दावी गरेका हुन् । प्रस्तुत छ विश्व हिन्दु महासंघका वरिष्ट उपाध्यक्ष समेत रहेका उम्मेदवार खरालसंग केन्द्रखबरका लागि गरिएको कुराकानी

यहाँले राप्रपाको तर्फबाट मेयरमा उम्मेदवारी दिनुभएको छ । कस्ता एजेण्डा लिएर जनता सामु पुग्नुभएको छ  ?

भ्रष्टाचार मुक्त पोखरा मेरे प्राथमिकता रहन्छ । हामी भ्रष्टाचार गर्दैनौं । भ्रष्टाचर गर्नु आमाको रगत खाए सरह ठान्छौं । विन्ध्यवासीमा पुगेर यही कसम खाएर निर्वाचनमा होमिएका छौं । व्यवसायीक वातारण बनाउनुका साथै करको दायरा बढाएर आय बढाउने तर महंगो कर घटाउने हाम्रो प्राथमिकता रहनेछ । स्तरीय सर्वसुलभ स्वास्य र शिक्षाको व्यव स्थापन गर्ने छु । हामीले जितेका पालिकामा यस अगाडि नै कक्षा १२ सम्मको शिक्षा निसुल्क बनाइसकेका छौं । पोखरामा पनि हामीले निसुल्क शिक्षाको प्रबन्ध गर्छौं ।

पर्यटन प्रवद्धन गर्ने र यसमा त्रिवेणी धामलाई मुक्तिनाथसम्म जोडदै धार्मिक पर्यटनको विकासमा जोड दिन्छौें । पोखराको धार्मिक सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्ने, ढलको उचित व्यवस्थापन गर्ने, व्यवस्थित बसपार्क निर्माण गर्ने व्यवस्थित ल्याण्डफिल साईड निर्माण, व्यस्थित र निसुल्क पार्किङको व्यवस्था बिजुली टेलिफोन र इन्टरनेट लगायतका तारहरुको अन्डरग्राउण्ड जस्ता एजेण्डा लिएर जनताका सामु पुगेको छु ।

जनताको माझमा पुग्दा तपाई र राप्रपा प्रति जनताको भवना कस्तो पाउनुभएको छ  ?
जनता राप्रपा प्रति निकै आशा र भरोसामा रहेको पाएको छु । भ्रष्टाचार रोक्ने सुशासनको प्रत्याभुति दिने पार्टी र पात्रको खोजीमा उहाँहरु रहेको पाएको छु । साथै दलहरुले देखाएको अकर्मण्यता बाट जनताले मुक्ति चाहेको पाएको छु । हामी भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह मान्छौं । मन्दिर गएर कसम खाएर मैदानमा उत्रेका छौं । त्यसैले पनि उहाँहरुले हामी आए केही हुन्छ भन्ने भरोसा राख्नुभएको पाएको छु ।
राप्रपा अहिलेको परिवर्तनको विरोधी पार्टी हो भन्ने बुझाई छ । उक्त पार्टीको उम्मेदवार भएको नाताले जनताको अवश्यकता र अपेक्षा कसरी पुरा हुन सम्भव छ ?
हामी प्रजातन्त्रका विरोधी होइनौं । प्रजातन्त्रको विकल्प प्रजान्त्र नै हो भन्नेमा दृढ छौं । तर, अहिले लोकतन्त्रको नाममा भएको लुट तन्त्रलाई हामी वास्तविक प्रजातन्त्रमा ढाल्न चाहन्छौं । विश्वमा प्रजातन्त्रका हिमायती धेरै देशहरुमा संघीयता छैन । संघीयताले देशलाई गरिवी बढाउने र देश टुक्र्याउने जोखिम छ । संघीयताको विरोध गर्नु प्रजातन्त्र या परिवर्तनको विरोध गर्नु होइन ।

‘हामीले कांग्रेसमै रहेर परिवर्तन खोजेका हौं । १३ सय जना महासमिति सदस्यबाट ८५५ जना सदस्यले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गर्दापनि नेतृत्वबाट सुनुवाई नभएको हुँदा र पटक पटक सत्ता चलाउने अवसर पाउँदापनि देश र जनताको जिवनस्तरमा परिवर्तन नआएको हुँदा र अझ कतिपटक यिनै पार्टीहरुलाई सत्तामा पठाउँदा देश बन्छ भन्ने कुनै ज्ञारेन्टी नभएको हुँदा मैले पछिल्लो निर्णय लिन परेको हो ।’

यहाँलाई एउटा धार्मिक व्यक्ति र हिजो कांग्रेस समर्थकको रुपमा आम पोखरेलीले चिन्छन् । तर राप्रमा प्रवेश गरेर उम्मेदवार बन्नुभयो । राप्रपाका पुराना कार्यकर्ता रिसाउने अरुहरु पनि विच्कने पो हुन्छ की ? कसरी हेर्नुभएको छ  ?

सर्वप्रथम त हामीले कांग्रेसमै रहेर परिवर्तन खोजेका हौं । १३ सय जना महासमिति सदस्यबाट ८५५ जना सदस्यले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गर्दापनि नेतृत्वबाट सुनुवाई नभएको हुँदा र पटक पटक सत्ता चलाउने अवसर पाउँदापनि देश र जनताको जिवन स्तरमा परिवर्तन नआएको हुँदा र अझ कतिपटक यिनै पार्टीहरुलाई सत्तामा पठाउँदा देश बन्छ भन्ने कुनै ज्ञारेन्टी नभएको हुँदा मैले पछिल्लो निर्णय लिन परेको हो ।

मैले यो निर्णय गर्दा कांग्रेस भित्रका अधिकांस राष्ट्रवादीहरुको भावनाको पनि प्रतिनिधित्व गरेको छु । जहाँसम्म राप्रपाका पुराना कार्यकर्ताको सवाल छ, पुराना कार्यकर्ताले मात्रै परिवर्तन सम्भव भएको भए भइसक्ने थियो । त्यसकारण पुरानै कार्यकर्ताको आग्रह , समर्थमान र आर्सिवादमा म अगाडि बढेको छु । राप्रपामा लाखौं धर्मप्रेमी, राष्ट्रप्रेमी र देशभक्तहरुको ओइरो लागेको छ । राप्रपा भित्र पुराना र नयाँको विभेद छैन । सबैलाई समान अवसर छ । यो पार्टीमा आफ्नो क्षेमता देखाउन पाइन्छ ।

यहाँ जितिरहेको एमाले छ । गठबन्धन बनाएरै निर्वाचनमा होमिएका दलहरु छन् । उनीहरुलाई माथ गर्ने विषय अल्लि कठिन नै छ की  ?

एमालेले पाँच वर्षसम्ममा पोखरामा भ्रष्टाचार, विसंगति र अराजकता बाहेक केही दिन सकेन । उसको घोषणा पत्रमा भएका एउटा कुरा पनि भएन । यत्तिसम्म की २२ अर्ब खर्चेर निर्माण भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल समेत ल्याण्डफिल साइडको अर्को व्यवस्थापन नगरिदिएका कारण सञ्चालनमा आउन सकेको छैन ।

पोखरा बसपार्कको अवस्था हेर्नुस्, सोती देखि ताल तलैयाको मापदण्डको विषय हेर्नुस् । यसैगरी कांग्रेस नेतृत्वले हिजो प्रजातन्त्रको घाँटी निमोठ्नेहरु र कांग्रेस भएबापत अंगभंग भएका सर्वस्व खोसिएका लाखौं कार्यकर्ताको भावना विपरित कम्युनिष्ट शक्तिहरुसंग गठबन्धन गरेको छ ।

होलीवाइनका नाइकेसंग गठबन्धन गरेको छ । मधेशलाई टुक्र्याउन खोज्ने मधेशी पार्टीहरुसंग गठबन्धन गरेको छ । यस्ता अपवित्र गठबन्धनले गर्दा कांग्रेस स्वयम र यो गठबन्धन जनता माझ अलोकप्रिय बनेको छ । त्यस हिसावले पनि जनताले यस पल्ट विकल्प खोजेका छन् । त्यो विकल्प दिन राजेन्द्र लिंग्देल नेतृत्वको राप्रपा सक्षम छ र हामी सक्षम भएकाले जनताले हामीलाई नै विश्वास गर्नेमा हामी विस्वस्त छौं ।

त्यसो भए कति मतले जित्नुहुन्छ  ?

पोखरामा जम्मा मत संख्याको २० प्रतिशत मात्रै पार्टी कार्यकर्ता भएको र अधिकांस जनता बुझेका र शिक्षित रहेका हुँदा अत्याधिक मतका साथ यस पटक हामीलाई विजयी गराउने छन् । हामीले चमत्कारिक जित हाँसिल गर्नेमा ढुक्का छौं ।

अन्त्यमा मतदातालाई केही भन्नुहुन्छ  ?

यहाँहरुले दिएको मत प्रति कुनै दिनपनि आत्मग्लानी हुन दिने छैन र भोट हालेकोमा सधैं गौरव अनुभव गर्ने वातावरण तयार गर्ने छौं । सबैले यस पटक राष्ट्र, राष्ट्रियता धर्म संस्कार र संस्कृतिको संरक्षण गर्न राप्रपालाई मतदान गर्नुहुन आग्रह गर्दछु ।

  • १४ बैशाख २०७९, बुधबार १५:२१ प्रकाशित