शेखरको अपिल : पार्टी निर्णयको समीक्षा हुन्छ, अहिले कांग्रेस जिताउँन लागौं

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धेरै नेता कार्यकर्ताले पार्टीबाट राजीनामा दिएकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।

बैशाख ३० गेत हुने स्थानीय तह निर्वाचनका लागि पार्टीले वितरण गरेको टिकटप्रति स्थानीय स्तरबाट व्यापक गुनासो आएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् ।

इमान्दार कार्यकर्ता पाखा लगाउने गरी कतिपय ठाउमा आर्थिक चलखेलका आधारमा टिकट वितरण भएको कार्यकर्ताले गुनासो गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अहिले सबै जना निर्वाचनमा लाग्ने बेला भएकाले कांग्रेस उम्मेदवारलाई जिताउनु सबैको दायीत्व भएको भन्दै उनले पार्टीका उम्मेदवारलाई जिताउन अपिल गरेका छन् ।

निर्वाचन पछि टिक वितरणका वारे उठेका प्रश्नको जवाफ खोजिने कोइरालाले भनेका छन् ।

  • १४ बैशाख २०७९, बुधबार ०९:३३ प्रकाशित