पोखरा महानगरका लागि मेयरमा २६ र उपमेयरमा ९ जनाको उम्मेदवारी

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा २६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमा ९ जनाको उम्मेदवारी परेको छ । बैशाख ११ र १२ गते भएको मनोनयमा मेउमा २६ र उपमेयरमा ९ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।

मेयरमा उम्मेदवारी दिनेमा नेकपा एमालेका कृष्णबहादुर थापा, सक्ता गठबन्धनको तर्फबाट नेकपा एकिकृतका धनराज आचार्य, राप्रपाका शंकर खराल, राप्रपा नेपालका गोविन्द गुरुङ छन् ।

यस्तै सचेत नेपाली पार्टीबाट भोलाराज खना, मंगोल नेसनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, मौलिक जरोकिलो पार्टीबाट संजय तिमिल्सिना, नेपाली जनता पार्टीबाट मुक्तिनाथ सुवेदी, नेकपा माओवादी समाजावदीबाट भोजराज त्रिपाठी, आमूल परिवर्तन मसिहा पार्टीबाट मुना बानिया, उन्नत लोकतन्त्र पार्टीबाट आशिष थापा, पुरुष जनमत पार्टीबाट शरणसिंह मोक्तान, देशभक्त समाज पार्टीबाट रनबहादुर दमै, नेपालका लागि नेपाली अभियानका रोशनी बानिया, नेकपा उमाजावदीका गोबिन्दप्रसाद शर्मा रहेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिनेमा खडकराज पौडेल, विमलबहादुर कार्की, डिलबहादुर गुरुङ किसानसिंह गुरुङ, नवराज वास्तोला, नन्दप्रसाद तिवारी, रामराज अधिकारी, अनिलकुमार राई, सुनीलबहादुर कोइराला, ऋषीराम सापकोटा रहेका छन् ।

उपप्रमुखमा नेकपा एमालेबाट मञ्जुदेवी गुरूङ सक्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाट राप्रपाबाट, रञ्जनाकुमारी सेन पौडेल, नेकपा समाजवादीबाट शीतला थापा, राप्रपा नेपालबाट चिना दवाडी, आमूल परिवर्तन मसिहा पार्टीबाट पदमबहादुर गुरूङ, नेकपा माओवादी समाजवादीबाट इन्द्र सुनार, मंगोल नेसनलबाट रामबहादुर तामाङ र सोममाया विक स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

 

  • १३ बैशाख २०७९, मंगलवार १३:१३ प्रकाशित