७५३ पालिकामा मनोनयन गर्ने १ लाख ४१ हजार (जिल्लागत विवरणसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुकोसंख्या एक लाख ४१ हजार पुगेको छ । निर्वाचन आयोगले बिहान १०: १५ बजे अध्यावधिक गरेको विवरण अनुसार मनोनयन दर्ता गर्नेहरुको संख्या एक लाख ४१ हजार ४६८ पुगेको हो ।

महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३१८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षमा तीन हजार ३०६ जनाको र उपाध्यक्षमा २३४३ जनाको उम्मेदवारी परेको छ ।

वडाअध्यक्षमा ३३ हजार १११, महिला सदस्यमा २४ हजार २८३, दलित महिला सदस्यमा २१ हजार ९७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।

  • १३ बैशाख २०७९, मंगलवार ११:५७ प्रकाशित