उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी आजै

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनका लागि हिजो र अस्ती उम्मेदवारी दर्ता गराएकाहरूविरुद्ध आज दाबी विरोधको उजुरी दिन पाइने भएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ ।

निर्वाचन आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन ।

तर, आयोगले आजै उजुरी दिने समय यसअघि नै तोकेको छ । आयोगले प्राप्त उजुरीमाथि जाँझबुझ भने १४ र १५ वैशाखमा गर्नेछ । ​जाँझबुझपछि उम्मेदवारहरूको नामावली प्रकाशन हुनेछ ।

१६ वैशाखमा भने उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन हुने आयोगले जनाएको छ। १७ वैशाखमा उम्मेदवार बनेकाहरूले निर्वाचन चिह्न प्राप्त गर्नेछन् । र, ३० वैशाखमा निर्वाचन हुने छ ।

  • १३ बैशाख २०७९, मंगलवार ०९:०५ प्रकाशित