देशभर मनोनयनको संख्या १ लाख ३७ हजार बढी पुग्यो, थपिने क्रम जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नेको संख्या देशभर १ लाख ३७ हजार भन्दा बढी पुगेको छ ।

निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८ जनाले मनोनयन दर्ता गराएका छन् । विवरण थपिने क्रम जारी छ ।

देशभरका २९३ नगरपालिकामा ३ हजार २७६ जनाले नगरप्रमुख (मेयर) पदमा उम्मेद्वारी दिएका छन् । उपप्रमुख (उपमेयर) पदमा २ हजार ९ जनाको मनोनयन परेको छ ।

यस्तै ४६० गाउँपालिकामा अध्यक्षका लागि ३ हजार २६४ जनाको मनोनयन परेको छ । २ हजार २९७ जनाले उपाध्यक्षमा उम्मेद्वारी दिएका छन् ।

स्थानीय तहका ३५ हजार २२१ पदमा यही वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते देशभर मनोनयन दर्ता गरिएको थियो । यता पोखरा महानगरपालिकाको मेयरमा २५ जनाले मनोनयन दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति ११ बजे अद्यावधिक गरेको तथ्यांक अनुसार २५ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

  • १३ बैशाख २०७९, मंगलवार ०८:४१ प्रकाशित