एमालेका उम्मेदवार थापाको दावी : पोखरामा दुइ तिहाई वहुमत ल्याउछौँ (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेबाट पोखरा महानगरको मेयरमा उम्मेदवारी दिएका कृष्ण बहादुर थापाले महानगरमा दुइतिहाई ल्याउने दावी गरेका छन् ।

गएको निर्वाचनमा आएको मतपरिणाम दोहोराउने बताएका थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले अगाडी सारेको सुखी नेपाली समृद्ध नेपालको नारा जितको आधार रहेको बताए ।

वर्तमान महानगरको नेतृत्व र २०५४ सालमा आफु मेयर हुदाँ पोखराको विकासका लागि धेरै काम गरेकाले यस पटक जनताले विश्वास गर्ने विश्वास व्यक्त गरे । एमालेको तर्फबाट उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दर्ता गरेकी छन् ।

  • १२ बैशाख २०७९, सोमबार १९:०३ प्रकाशित