गठबन्धनका उम्मेदवार आचार्य भन्छन्, पोखरा महानगरमा १५-१८ हजार मतान्तरले जित्छौँ (भिडियोसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरमा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट मेयर पदका साझा उम्मेदवार धनराज आचार्यले महानगरवासी सामु आफूहरुले ४८ घण्टा भित्र मेयर भएपछि गर्ने कामको विवरण पेश गर्ने बताएका छन् । सोही विवरण अनुरुप आफू र आफ्नो टिमले काम गरेर देखाउने उनले बताए ।

उनले पाँचदलको साझा उम्मेदवार र साझा एजेण्डा लागु गर्ने भएकाले र जनताको भावना अनुरुप काम गर्ने भएकाले जनताले आफूलाई विजयी गराउनेमा ढुक्क रहेको सुनाए ।  कम्तिमा पनि १५ देखी १८ हजार मतान्तरले गठबन्धनका उम्मेदवारले जित्ने उनले दावी गरे ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गरेका उनले नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा र माओवादी केन्द्रका नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर यो उम्मेदवारी गठबन्धनको उम्मेदवारी रहेको प्रष्ट्याउँदै सबैजसो वडा र कास्कीका अरुपालिकामा समेत गठबन्धन सफल हुने दाबी गरेका छन् ।

  • १२ बैशाख २०७९, सोमबार १८:३० प्रकाशित