हालसम्म २८८०५ जनाले गराए उम्मेदवारी दर्ता(विवरणसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तह निर्वाचनको लागि आज दोस्रो अर्थात अन्तिम दिन पनि उम्मेदवारी दर्ता जारी छ ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तरगत ७७ वटै जिल्लामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता कार्य जारी रहेको जनाएको छ ।

आयोगले हालसम्म २८८०५ जनाले मनोनयन गर्दा गराएको र यो क्रम अझै जारी रहेको जनाएको छ ।आयोगका अनुसार दिउँसो ३ बजेसम्म प्रमुख पदमा ११७० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने अध्यक्ष पदमा १०५० जनाले दर्ता गराएका छन् ।

यसैगरी उपप्रमुख पदमा ६३१ तथा उपाध्यक्ष पदमा ६०६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी वडाध्यक्ष पदमा ७ हजार ६६२ जना, महिला सदस्य पदमा ४४३१, महिला दलित सदस्य पदमा ३७७६ र सदस्य पदमा ९ हजार ४७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

  • १२ बैशाख २०७९, सोमबार १६:४७ प्रकाशित