गठबन्धनबाट पोखराको मेयरमा नेकपा एसका धनराज आचार्यले गरे उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

सत्तारुढ गठबन्धनको तर्फबाट पोखराको मेयरमा टिकट पाएका धनराज आचार्यले मनोनयन दर्ता गराएका छन् ।

एकीकृत समाजवादीका नेता आचार्यले आज सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा तामझामको साथ पुगी उम्मेदवारी दर्ता गराएका हुन् ।

गठबन्धनको भागबन्डामा पोखरा नेकपा ‘एस’को भागमा परेको हो । नेकपा एसबाट मेयरमा १२ जनाले आकांक्षा देखाएकोमा आचार्यले   टिकट पाएका हुन् ।

यद्यपि एसलाई पोखरा महानगरको मेयर दिएकोमा यहाँका कांग्रेस नेता कार्यकर्ता भने असन्तुष्ट छन् । हालसम्म कांग्रेसबाट दुई जनाले वागी उम्मेदवारी समेत दिएका छन् ।

कांग्रेसका नेता विमलबहादुर कार्की र कांग्रेसका पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले सिद्धान्त विपरीत अन्य दलमा कांग्रेस कार्यकर्तालाई भोट दिन बाध्य पारेको भन्दै वागी उम्मेदवार दिएका हुन् ।

  • १२ बैशाख २०७९, सोमबार १५:२९ प्रकाशित