कृष्ण थापाले दिए प्रदेश सभा सदस्यबाट राजीनामा

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सभा सदस्य कृष्ण बहादुर थापाले राजीनामा दिएका छन् । पोखरा महानगरमा पार्टीले मेयरको उम्मेदवार बनाए पछि थापाले प्रदेश सभा सदस्य पदबाट राजिनामा दिएका हुन् ।

यस पहिले एमालेले दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय फिर्ता लिएको हो । पौडेलको विवादास्पद भिडियो भाइरल भए पछि पौडेललाई हटाएर पार्टीले थापालाई अगाडी सारेको हो ।

प्रदेश सभाबाट पत्र लिएर थापा उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय जाने तयारीमा छन् । एमालेबाट उपमेयरमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दिदै छिन् ।

थापाको राजिनामासगै ६० सदस्यीय गण्डकी प्रदेश सभा ५८ सदस्यीय भएको छ । यस पहिले राष्ट्रिय जनमोर्चाका कृष्ण थापालाई पार्टीले कारवाही गरे पछि उनको पद गएको थियो ।

  • १२ बैशाख २०७९, सोमबार ११:२९ प्रकाशित