कास्कीमा टुट्यो गठबन्धन : पोखरा बाहेकका पालिकामा मित्रवत प्रतिस्पर्धा !

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदमा बाहेकका वडा र अन्य पालिकामा गठबन्धन टुटेकोे छ ।

नेपाली कांग्रेस कास्कीको आज बसेको पूर्ण बैठकले पोखराको मेयर र उपमेयर पदमा बाहेक अन्य वडा र पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।

‘साथीहरुको दबाब थेग्न सकेनौं, पोखराको मेयर र उपमेयरमा केन्द्रबाट नै गठबन्धन रहेकाले गठबन्धन कायम हुन्छ ।महानगरको वडा र अन्य पालिकामा मित्रवत प्रतिस्पर्धा गर्ने हाम्रो पूर्ण बैठकले निर्णय गरेको छ’ उनले भने ।

  • ११ बैशाख २०७९, आईतवार २०:१३ प्रकाशित