पोखरा महानगरका लागि मेयरमा १० जनाको उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरको मेयरका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । ६ स्वतन्त्र सहित १० जनाले मेयरमा उम्मेवारी दिएका हुन् । उपमेयरमा २ जनाको उम्मेदवारी परेको छ ।

खडकराज पौडेल विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसानसिंह गुरुङले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यस्तै मौलिक जरोकिलो पार्टीबाट सञ्जय तिमिल्सिना, सचेत नेपाली पार्टीबाट भोजराज खनाल, नेपाली जनता दलका मुक्तिनाथ सुवेदी, मंगोल नेसनल अर्गनाइजेसका प्रेमप्रसाद गुरुङले मेयरमा उम्मेदवार दर्ता गराएका छन्

उपमेयरमा सचेत नेपाली पार्टीबाट सोनी परियार र मंगोल नेसनल अर्गनाइजेसनबाट रामबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्यहरु गरी ४७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रिय पार्टीले भने आज उम्मेदवारी दर्ता गराएनन् ।

  • ११ बैशाख २०७९, आईतवार १८:१४ प्रकाशित