एमाले विभाजन हुनुअघिका दोस्ती आचार्य र पौडेल पोखराको मयेरमा भिड्दै

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेबाट दीपक पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। एमालेले उपमेयरमा मञ्जुदेवी गुरुङको नाम सिफारीस गरे पनि गठबन्धनबाट नेपाली कंग्रेसले उपमेयरको उम्मेदवार तय गर्न सकेको छैन । मेयरमा सिफारीस आचार्य र पौडेल विभाजन हुनुअघि एमालेमा सक्रिय थिए।

तर, पार्टी विभाजन भएपछि उनीहरु फरक कित्ताबाट प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि पोखराको मेयरमा एमालेबाट मानबहादुर जिसी ६० हजार ११८ मत ल्याएर विजयी भएका थिए।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएका थिए। यस्तै, उपमेयरमा एमालेकी मञ्जु गुरुङले ५६ हजार ४४८ मत ल्याएर विजयी भइन् भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती गुरुङले ४४ हजार ३३८ मत ल्याएकी थिइन्।

माओवादीले मेयरमा कांग्रेसलाई सघाएकाले उपमेयर गोमा ढकाललाई उम्मेदवार बनाएको थियो। ढकाल उपमेयरमा ७ हजार ७९६ मत ल्याएर तेस्रो भएकी थिइन्।

  • ११ बैशाख २०७९, आईतवार १०:०६ प्रकाशित