एमालेले ५ महानगरमा मेयर उपमेयरका उम्मेद्वार टुंग्यायो, पोखरामा मेयरमा पौडेल र उपमेयरमा गुरुङ, चार महानगरमा को-को ?

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले पाँच वटा नगरपालिकामा मेयर र उपमेयरका उम्मेद्वारको टुंगो लगाएको छ । एमालेले पोखरा महानगरको मेयरमा दिपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ । पौडेल पूर्व शिक्षक हुन् भने गुरुङ बाहालवाला पोखरा महानगरको उपमेयर हुन् ।

एमालेले ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यलाई उम्मेद्वार बनाउने टुंग्याएको छ ।

यसैगरी भरतपुरको मेयरमा विजय सुवेदी र वीरगञ्जको मेयरमा विजय सारबगीलाई उम्मेदवार बनाइएको छ ।

दुबै महानगरको उमपेयरको उम्मेदवार तोकिएको छैन । यस्तै बिराटनगर महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार पनि टुंगो लाग्न बाँकी छ ।

  • १० बैशाख २०७९, शनिबार २१:५६ प्रकाशित