कांग्रेसमा पोखरा महानगरका लागि रस्साकसी, ५ जनाको नाम अन्तिम छलफलमा

केन्द्रभाग मिडिया

पोखरा ।
नेपाली कांग्रेसको तर्फबाट पोखरा महानगरको उपमयेरको उम्मेदवारका लागि ५ जनाको नाममा छलफल चलेको छ । १० जनाको नामा उपमेयरका लागि सिफारीस भएकोमा मेयरमा दावी गरेकी सरस्वती गुरुङ र कोपिला रानाभाट पनि उपमेयरकोे उम्मेदवार बन्ने मैदानमा झरेका छन् ।

यस्तै टिका कुमारी गुरुङ, सुरेन्द्रमान विजुक्छे र विरेन्द्र नारायाण विजुक्छको नाममा अहिले छलफल चलिरहेको उपमेयरका एक उम्मेदवारले जानकारी दिए । सुरेन्द्रमान विजुक्छे महानगर समितिका सभापति हुन् । उनको नामा सिफारीस भएको थिएन ।

गठबन्धन दलमा नेकपा एकिकृत समाजवादीले मेयर पाए पछि कांग्रेसले उपमेयरमा चित्त बुझाएको थियो

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन अवेरसम्म पनि कांग्रेसले उम्मेदवारको टुन्गो लगाउन सकेको छैन ।

उपमेयरका लागि लक्ष्मी पाण्डे क्षेत्री, माया बराल कार्की क्षेत्री, रंगीला आचार्य, टीका कुमारी गुरुङ, दीपक मल्ल र मिलन थापा, चिनु गुरुङ, शिव केसी र गोविन्द नेपालीले निवेदन दिएका थिए ।

 

  • १० बैशाख २०७९, शनिबार १८:२६ प्रकाशित