मेयरमा उम्मेदवार हुन उपसचिवबाट राजीनामा

केन्द्रभाग मिडिया

नवलपुर ।

नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसाल राजीनामा दिएर राजनीतिमा होमिएका छन् । नवलपुरको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उनले उपसचिव पदबाट राजीनामा दिएका हुन् ।

संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार राजीनामा दिएका हुन् । देवचुलीका सबै साथीहरूको आग्रहअनुसार राजीनामा दिएर उम्मेदवार बन्न लागेको उनले बताए ।

करिब २५ वर्षको जागिरे जीवन पछि राजनीतिमा होमिएका भुसालले देवचुलीको काँचुली फेर्न इमान्दार प्रयास गर्ने प्रतिवद्धता गरेका छन् । देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार हुने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।

उनी ५५ वर्ष पहिले देवचुली गाउँ समितिको सभापति थिए । लोकसेवा पास गरे पछि उनी निजामती सेवामा प्रवेश गरेका थिए ।

  • ९ बैशाख २०७९, शुक्रबार १३:३९ प्रकाशित