महानगरपालिकामा उम्मेदवार घोषणा गर्दै कांग्रेस : कहाँ-कस्ले पाउला टिकट?

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली काँग्रेसले आज आफ्नो भागमा परेका महानगरपालिकामा उम्मेदवार घोषणा गर्दैछ ।

कांग्रेसले ३ महानगरपालिकामा मेयर र ३ महानगरपालिकामा उपमेयर घोषणा गर्ने भएको छ । काँग्रेसले सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा काठमाडौं, ललितपुर र विराटनगरमा उम्मेदवार उठाउने भएको हो ।

यसपटक काँग्रेसले ललितपुर, विराटनगर र काठमाडौंमा समेत उम्मेदवार उठाउँदैछ । वीरगञ्ज, पोखरा र भरतपुरमा उपमेयरको उम्मेदवार घोषणा गर्दैछ ।

काँग्रेसबाट काठमाडौंमा सृजना सिंहको सम्भावना बलियो देखिएको छ । उनी उम्मेदवार बन्ने लगभग पक्का भएको बुझिएको छ ।ललितपुरमा वर्तमान मेयर चिरिबाबु महर्जन, पूर्व सांसद चन्द्र महर्जन र प्रदेश सांसदका उम्मेदवार प्रेमकृष्ण महर्जनमध्येबाट उम्मेदवार बन्ने आंकलन गरिएको छ।

विराटनगरमा वर्तमान मेयर भीम पराजुली र केन्द्रीय सदस्य डा। डीला संग्रौलामध्येबाट एक उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ ।

  • ९ बैशाख २०७९, शुक्रबार ०९:५८ प्रकाशित