स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोना महामारीको जोखिम कायमै छ, स्वास्थ्य मापदण्ड पालना गरौँ

केन्द्रभाग मिडिया

पोखरा ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गदै संख्यात्मक रुपमा संक्रमण केहि कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको जनाएको छ ।

सरकारले रोकथाम तथा नियन्त्रणका लागि उच्च प्राथमिकता दिदैँ यस विरुद्धको खोप अभियान संचालन गरिहहेको र खोप लागाउन बाकिँ सबैलाई नजिककैको खोप केन्द्रमा गई कोरोनाविरुद्धको खोप लगाउन र पूर्ण खोप लगाइसकेकाले बुस्टर मात्र खोप लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

भारत लगाएतका छिमेकी राष्ट्रहरुमा पछिल्ला दिनमा बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा संक्रमणको जोखिम कायमै रहेकोले रोकथाम र नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन मन्त्रालयले अनुरोध गरेको छ ।

  • ८ बैशाख २०७९, बिहीबार १२:३६ प्रकाशित