काठमाडौं ।
सशस्त्र प्रहरीमा रिक्त भएको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न प्रतिस्पर्धीहरुका लागि सूचना प्रकाशन गरिएको छ । बुधवार नियुक्त भएका आईजीपी पुष्पराम केसीले ३ दिने सूचना जारी गरेका हुन् । आईजीपी बढुवा समितिको सदस्य सचिव हुने व्यवस्था छ ।
सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धामा रहेका डीआईजी राजु अर्याल बरियतामा अगाडि छन् । बरियताको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।
अहिले एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आइजिपी नियुक्त हुनेछन् । बुधवार नियुक्त आईजीपी केसी वैशाख १८ मा अवकाशमा जाँदैछन् । उनीसँगै एआईजी रामशरण पौडेल पनि अवकाशमा जान्छन् ।