मुलुकको आर्थिक अवस्थाबारे एमालेले धारणा सार्वजनिक गर्दै

केन्द्रभाग मिडिया

sf7df8f}F, !% sflQs-/f;;_M /fli6«o ;dfrf/ ;ldlt-/f;;_nfO{ cGt/jftf{ lbg] qmddf lvlrPsf] cy{dGqL lji0f' kf}8]nsf] t:jL/ . t:jL/ M k|bLk/fh jGt,/f;;

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाबारे पार्टीको धारणा सार्वजनिक गर्दै छ ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा दिउँसो साढे १२ बजे पत्रकार सम्मेलन आयोजना गरी एमालेले पार्टीको धारणा सार्वजनिक गर्न लागेको हो । केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार कार्यक्रममा एमालेका नेतासमेत रहेका पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा सहभागी हुनेछन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा। दिनेशचन्द्र देवकोटा र पुष्प कँडेलको पनि सहभागीता रहने रिजालले बताए ।

सोही पत्रकार सम्मेलनबाट अर्थतन्त्र संकटमा परेको बेला गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको विषयमा पनि औपचारिक धारणा आउने बताइएको छ ।

बिहीबारको मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । मुलुकको अर्थतन्त्र जोगाउन गभर्नर अधिकारीले प्रयास गरिरहेको अवस्थामा उनलाई सरकारले निलम्बन गरेको एमालेको आरोप छ ।

  • २७ चैत्र २०७८, आईतवार ११:४८ प्रकाशित