राप्रपा नेपालका उम्मेद्वार सूर्य चिन्ह लिएर चुनाव लड्ने !

केन्द्रभाग मिडिया

पोखरा ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसंग तालमेल भए तालमेल मिलेदेखि आफ्नो पार्टीका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर लड्ने बताएका छन् ।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा थापाले भने, ‘एमालेसंगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएका छौं । एमालेका केन्द्रीय तहका नेताहरुसँग छिट्टै दुईपक्षीय कुरा गरेर निष्कर्षमा पुर्‍याउने छौं ।’

पार्टीको केन्द्रीय कार्यसमितिले साझा चुनाव चिन्हबारे निर्णय गर्ने अधिकार आफूसहितका पदाधिकारीलाई दिएको उनले बताए । उनले अघि भने, ‘राजनीतिक, कानुन र व्यवहारिक रुपमा सम्भव भयो र एमालेसँग साझदारी कायम हुनसक्यो स्थानीय चुनावमा एमालेकै चुनाव चिन्ह सूर्य लिएर उठ्ने सम्भावना छ ।’

 

  • २५ चैत्र २०७८, शुक्रबार १७:१३ प्रकाशित