खेलकुदमन्त्री दीपक मनाङेले कुटे आफ्नै कर्मचारी

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले आफ्नै कर्मचारीलाई कुटपिट गरेका छन् ।

मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि हातपात गरेको मन्त्रालय स्रोतले बताएको छ । फाइल लिएर मन्त्री मनाङेको कार्यकक्षमा पुगेका ओझामाथि के कारणले कुटपिट गरेको भन्ने खुलेको छैन। घटना हिजो मंगलबार दिउँसो ४ बजेपछिको समयमा भएको मन्त्रालय स्रोतले जनाएको छ।

घटनाबारे जानकारी लिन मन्त्रालयका सचिव बद्री अधिकारीलाई सम्पर्क गर्दा उनले आफुले पनि कुटपिटबारे मिडियामार्फत नै थाहा पाएको बताएका छन् ।

सचिव अधिकारले भने, म हिजोदेखि नै सुरक्षासम्बन्धी बैठकमा बागलुङमा रहेको छु , घटना हिजो भएको भन्ने कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हो मैले पनि, यसबारे सत्यतथ्य के रहेछ बुझ्दै छु ।’

मनाङेले मन्त्री हुनुअघि पनि कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।

  • २३ चैत्र २०७८, बुधबार १६:२२ प्रकाशित