लोसपा अध्यक्ष ठाकुर अचानक अस्वस्थ: हेलिकप्टरमार्फत काठमाडौँ लगियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अचानक बिग्रिएको छ ।

पार्टीको कार्यक्रममा सम्बोधन गर्न नवलपरासी र रुपन्देही गएका अध्यक्ष ठाकुर अस्वस्थ भएपछि उनलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको छ । ठाकुरलाई हेलिकप्टरमार्फत काठमाडौं पुर्याई ग्राण्डी अस्पताल भर्ना गरिएको हो ।

अध्यक्ष ठाकुर हिजो नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गरेका थिए । आज रुपन्देहीको भैरहवामा पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुने कार्यतालिका थियो तर बिहान चार बजे अचानक स्वास्थ्यमा समस्या देखिएको थियो । अध्यक्ष ठाकुरलाई मुटुसम्बन्धी समस्या छ । उनले नियमित चेकअप गराउन गराइ रहेका थिए ।

  • २३ चैत्र २०७८, बुधबार १५:१८ प्रकाशित